Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • विशिष्टका लागि साबुन, ब्रस, तुथपेस्ट र पानीमै ६ करोड बढी खर्च

    विशिष्टका लागि साबुन, ब्रस, तुथपेस्ट र पानीमै ६ करोड बढी खर्च

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स-साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राज्यले उपलब्ध गराउने त्यस्ता सामग्रीमा मात्र हरेक वर्ष ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।



    सरकारले विनामापदण्ड र बिनाकार्यविधि विशिष्ट पदाधिकारीलाई यस्ता सानातिना सामग्री उपलब्ध गराउँदै आएको छ भने उनीहरूले लिने अन्य सुविधाको त लेखाजोखा नै छैन ।



    विशिष्ट पदाधिकारीले मागेजति सामान सहरी विकास मन्त्रालयमातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले उपलब्ध गराउँदै आएको छ।

    मागअनुसारका सामग्री प्रयोग भएरनभएको अनुगमनसमेत कसैले गर्दैन । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले विशिष्ट पदाधिकारीको माग र आवश्यकताअनुसार कार्यालयले सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए ।

    २०५६ सालमा मन्त्रिपरिषद्ले विशिष्ट पदाधिकारी तथा मन्त्री विनाश पुल्चोकका लागि दैनिक आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो । तर कुन पदाधिकारीलाई केके सामग्री उपलब्ध गराउने भन्ने विषयमा मापदण्ड र कार्यविधि बनेको छैन । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार