Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ओलीको अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ताको आपत्ति, साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने ?

काठमाडौं । नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको आरोप लगाउने प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस प्रवक्ताले जवाफ फर्काएका छन्।
आज दिउँसो प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी गठबन्धनका नेताहरुमाथि आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले काँग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाएका थिए ।

एमाले अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको जवाफ दिँदै भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठिक, काँग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ?’

सामाजिक सञ्जालमार्फत् प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै ट्वीटमा भनेका छन्, सम्माननिय प्रधानमन्त्रीलाई विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो भेरिएन्ट´ ?

https://twitter.com/bishwaprakash77/status/1409463741922496516

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077