Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,६३६ जनामा संक्रमण पुष्टि हुँदा ४,३४८ जना डिस्चार्ज

    २,६३६ जनामा संक्रमण पुष्टि हुँदा ४,३४८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ७० हजार ८५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ७ हजार २५९ जनाको पीसीआर र ४ हजार ४८९  जनाको एन्टीजेन  बिधिबाट परिक्षण गर्दा क्रमश: १,७२८ र ९०८ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ४ हजार ३४८ जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

    यसअघि हिजो २,४४४ जनामा कोरोना पुष्टि हुँदा ३,८५३ जना संक्रमण मुक्त भएका थिए भने  ४२ जनाको मृत्यु थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार