Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टर्कीले रोक्यो नेपालसहितका ६ मुलुकबाट हुने उडान, यूरोप र अमेरिकाका नेपालीहरु प्रभावित

काठमाडौँ । युरोपियन देश टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै सोमबारदेखि नेपालसहितका ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ ।

यता नेपाल सरकारले टर्कीका लागि उडान खुला गरेपनि त्यहाँको सरकारले भने नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रीकाबाट हुने सबै सिधा उडानमा रोक लगाएको हो ।

यस्तै, टर्कीले पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै अन्तराष्ट्रिय उडानका प्रतिवन्ध खुकुलो बनाउने निर्णय गरेको थियो ।

टर्कीका कारण यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077