Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीलङ्कालाई हराउँदै इंग्ल्याण्ड एकदिवसीय क्रिकेटमा विजयी

एजेन्सी । इंग्ल्याण्डले पहिलो एकदिवसीय क्रिकेटमा श्रीलंकालाई हराएको छ । मंगलबार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको १८६ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३४ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डको जितमा जोय रुटले अविजित ७९ रन बनाए । श्रीलंकाका दुश्मन्था चामिराले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले ४२ ओभर ३ बलमा अलआउट हुँदै १८५ रन बनाएको थियो ।

यसअघि भएको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा इंग्ल्याण्डले क्लिन स्विप गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077