Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोकसेवाको रोकिएका परीक्षा साउनदेखि सञ्चालन हुने, कुन परीक्षा कहिले ? (सूचनासहित)

    लोकसेवाको रोकिएका परीक्षा साउनदेखि सञ्चालन हुने, कुन परीक्षा कहिले ? (सूचनासहित)

    अनलाइन नेपाल
  • बुधबार, १६ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । लोकसेवा आयोगले रोकिएका परीक्षाहरु सञ्चालन गर्न मिति सार्वजनिक गरेको छ । आयोगले कोभिड–१९ महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने जनाएको हो  । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो ।

    पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो ।



    परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो ।



    आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगयतको कार्यतालिका सार्वजनिक गरिसकेको छ । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

    हेर्नुहोस् परीक्षाको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार