Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीको चेतावनीलाई यसरी लत्याए नेपालले

    ओलीको चेतावनीलाई यसरी लत्याए नेपालले

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आयोजित केन्द्रीय कमिटि बैठकमार्फत माधवकुमार नेपाल पक्षलाई चेतावनी दिंदै दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए पार्टी फुट्ने घोषणा गरेका थिए । तर, आन नेपालले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने जवाफ दिएका छन् ।

    प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा नेपाल समूहका २३ जना पनि छन् ।



    नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई उल्टै केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान दोहोर्याएका हुन् ।



    हिजोबाट जारी केन्द्रीय कमिटि बैठकको दोस्रो दिन आजको बैठक शुरु हुन अघि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता गरेका हुन् । त्यस क्रममा नेता नेपालले आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् ।

    टेलिफोनमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई पटक–पटक हस्ताक्षर फिर्ता लिन आग्रह गरे पनि नेपाललले भने हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएको बताइएको छ । उनले पार्टीको एकता टुंग्याउन २ जेठ २०७८ मा गठित कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

    यद्यपी नेपालले अहिले बालुवाटारमा चलिरहेको बैठक अदालतको फैसलाअनुसार २ जेठ २०७५ अगाडिको नभएर २८ फागुनकै निरन्तरता भएको बताउँदै राजनीतिक र संगठनात्मक कोर्स करेक्सन गर्न पहिलेकै वार्ता टोलीलाई सक्रिय बनाउन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार