Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रियसभा सदस्य रायमाझीले हल्लाए कालो क्याप

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राष्ट्रियसभामा कालो क्याप हल्लाएर विरोध जनाएका छन्।

प्राय: जसो ढाका टोपी लगाएर बैठकमा उपस्थित हुने रायामाझी सोमबारको बैठकमा भने कालो सर्ट, कालै कोट र कालो क्याप लगाएका थिए ।

आजको बैठकमा राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, 'प्रतिनिधिसभा विघटन गरेपछि लाखौं मानिस कालो झण्डा बोकेर सडकमा आउनुपर्ने भएपनि कोरोनाका कारण सम्भव नभएको बताउदै आफूले विरोध स्वरुप यो गेटअपमा आएको बताए।

सांसद रायमाझीले आफ्नो शिरमा भएको कालो क्याप हातमा लिएर कालो झण्डा झैं हल्लाउदै भने सदनमा कालो झण्डा देखाउने अवस्था नभएका कारण विरोधको स्वरुप हो यो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077