Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,६२२ जनामा संक्रमण पुष्टि हुँदा २,२११ जना डिस्चार्ज

    २,६२२ जनामा संक्रमण पुष्टि हुँदा २,२११ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २१ असार २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना संक्रमित थपिएका छन् भने २ हजार २११ जना कोरोनामुक्त भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७४९९ जना र एन्टीजेन विधिबाट ४०२८ जना गरी जम्मा ११५२७ जनाको कोरोना परिक्षण गरिएको छ ।



    यससँगै नेपालमा हालसम्म ६ लाख ८२ हजार ३  सय ६१ जना संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म ९ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।



    स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार