Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हट्यो काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ।

यसअघि जोरबिजोर प्रणाली लागु गर्दै २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु चल्न दिइएको थियो।

आजदेखि निषेधाज्ञा खुकुलो पार्दै जोरबिजोर प्रणाली हटाइएको छ भने माइक्रो, टेम्पोलगायतका सवारी साधन पनि चल्न दिइएको छ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने जिल्ला प्रशासनहरुले जारी गरेको सूचनामा उल्लेख छ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो निषेधाज्ञालाई असार ३१ गतेसम्म जारी राखेका छन्।

यो अवधिमा विद्यालय सञ्चालनको अनुमति दिइएको छैन। यस्तै सबै किसिमका सभा सम्मेलनलगायत भिडभाडजन्य गतिविधिमा पनि रोक लगाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077