Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सर्वोच्चद्वारा शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा लिखित जवाफ माग गरेको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेकाे भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

साेहि रिटका आधारमा न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग गरेको हाे ।

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077