Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डद्वारा पाकिस्तान पराजित

एजेन्सी । पहिलो एकदिवसीय क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले दिएको १४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले २१ दशमलव ५ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

इङ्ग्ल्यान्डको जितमा डेविड मालनले ६८ रनको योगदान दिए भने जाक क्रलीले ५८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका सहिन साह अफ्रिदीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ दशमलव २ ओभरमा सवै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

पाकिस्तानका लागि फखर जमानले ४७, शादव खानले ३० र सोहिब मक्सुदले १९ रन जोडे । यस्तै इङ्ग्ल्यान्डका शकिब महमुदले चार विकेट लिए भने क्रेग ओभर्टन र माट पर्किनसनले दुई दुई विकेट लिए ।

जितसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077