Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज विजयी

एजेन्सी । अस्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिज १८ रनले विजयी भएको छ ।

एक सय ४६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६ ओभरमा सवै विकेट गुमाउँदै १२७ रन मात्र बनायो । उसका लागि मिचेल मार्शले अर्धशतक बनाए ।

त्यस्तै म्याथ्यु वाडेले ३३ रन जोडे । वेस्ट इन्डिजका ओवेद म्याककोयले ४ तथा हेडन वाल्सले ३ विकेट लिए भने फविएन एलेनले २ र आन्द्रे रसेलले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । खेलमा वेस्ट इन्डिजका आन्द्रे रसेलले अर्धशतक बनाए । अस्ट्रेलियाका जोश हेजलवुडले तीन र मिचेल मार्शले दुई विकेट लिए ।

जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिज एक शून्यले अघि भएको छ । पाँच टी–२० तथा तीन एकदिवसीय खेल्न अस्ट्रेलियाको टोली वेस्ट इन्डिज भ्रमणमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077