Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरी जवानमा ७,३२४ जनाले निकाले नाम (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान पदका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा ७ हजार ३२४ जनाले नाम निकालेका छन् ।

प्रहरी प्रधान कार्यालयले आज लिखित परीक्षाको नतिजा प्रकाशित गर्दै लिखित परीक्षामा पास हुनेहरुको नामावली प्रकाशन गरेको हो । परीक्षामा  खुला, अमर अशक्त प्रहरी परिवार, महिला, आदिबासी जनजाती, मधेशी, दलित र पिछडिएको क्षेत्रका गरी ३६ हजार ७२२ जना सहभागि भएका थिए । जसमध्ये खुलामा ४ हजार १२८ जना, अमर अशक्त प्रहरी परिवारमा ७ जना, महिलामा १ हजार ८४ जना, आदिबासी जनजातीमा २ हजार २९७, मधेशीमा १ हजार २९६, दलितमा ९९४ जना र पिछडिएको क्षेत्रमा ४४९ जनाले नाम निकालेका छन् ।

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७७र०६र३० गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी उम्मेदवारहरू मध्ये उत्तीर्ण भएका उम्मेदवारहरुको नतिजा आज प्रकाशन गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले पास हुनेहरुको नजिता प्रकाशित गर्दै साउन ४ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरुमा अन्तर्वाता हुने र असार ३० गते अन्तर्वार्ताको परीक्षा तालिका सार्वजनिक गरिने पनि जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको नतिजा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077