Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्यान्डद्वारा दक्षिण अफ्रिका पराजित

एजेन्सी । आयरल्यान्डले दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई ४३ रनले हराएको छ ।

आयरल्यान्डले पहिलो पटक एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको हो । डुब्लिनमा आयरल्यान्डले दिएको २९१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४८ ओभर ३ बलमा अलआउट हुँदै २४७ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि जानिमन मालनले ८४ रनको अर्धशतकीय इनिङ्ग पारी खेले । रस्सी भान डेर डुसेनले ४९ रन र डेभिड मिलरले २४ रन बनाए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न मार्क एडिर, जोस लिटल, एन्डी म्याकब्रिनेले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले ५० ओभरमा ५ विकेट गुमाएर २९० रन बनाएको थियो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनेले १०२ रनको शतकीय पारी खेले । त्यस्तै ह्यारी टेक्टरले ७९ रनको अर्धशतकीय पारी खेले । दक्षिण अफ्रिकाका एन्डिले फेहलुकवयोले २ विकेट तथा कागिसो रबाडा, तबरेज शाम्सी र केशव महाराजले एकरएक विकेट लिए ।

तीन खेलको श्रृङ्खलामा आयरल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077