Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक, एजेण्डा के ?

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो दुई बजे बस्ने बैठकमा पूर्वपदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार पार्टीको आगामी महाधिवेशनको तयारी, मन्त्रिमण्डल गठन र सरकारका काम कारवाहीबारे छलफल हुने बताए ।

यस्तै, कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयनका बारेमा पनि पदाधिकारी बैठकमा छलफल हुने स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077