Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भोलीदेखि जोर बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउन दिने तयारी

    भोलीदेखि जोर बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउन दिने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 3K
    SHARES

    काठमाडौँ । भोलिदेखि लामो दुरीका सार्वजनिक गाडी जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ ।

    यसबारे आज स्वास्थ्य मन्त्रालयसहित काठमाण्डौ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुख र सम्बन्धित अन्य निकायको बैठक बस्दैछ ।



    लामो दुरीका गाडी नचल्दा नागरिकले दुःख पाएको भन्दै जोर बिजोर प्रणालीमा भए पनि सार्वजनिक गाडी चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।



    यात्रुले अत्यधिक भाडा तिर्नु परेको गुनासो बढेपछि जोर बिजोर प्रणालीमा लामो दुरीका गाडी चलाउने तयारी थालिएको हो । यसबारे आज साँझसम्ममा निर्णय हुने बताइएको छ ।

    कोरोना सङ्क्रमणको जोखिम कायम रहेकाले साउन १ गतेदेखि कडा निषेधाज्ञा हुने हल्ला फैलिएको छ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिने तयारी भएको छ ।

    अहिलेको जस्तै खुकुलो बनाएर केही दिन निषेधाज्ञालाई लम्ब्याउने तयारी गरिएको हो । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति सकिँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार