Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    २,६७६ जनामा संक्रमण पुष्टि हुँदा १,७५७ जना डिस्चार्ज

    २,६७६ जनामा संक्रमण पुष्टि हुँदा १,७५७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बिहिबार, ३१ असार २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार ७५७ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २५६ पीसीआर परीक्षणमा १ हजार ७८२  जना र ४ हजार ५१२ एन्टिजेन परीक्षण गर्दा ८९४ गरी २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।



    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।



    यसअघि हिजो २९०५ जनामा संक्रमण पुष्टि हुँदा १६०६ जना डिस्चार्ज भएका थिए भने १८ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार