Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा : उर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई कम गर्नुपर्ने बताएकी छन् । विद्युत विकास विभागको २८औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले देशबाट उत्पादित जल ऊर्जाको अधिकतम उपयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई कम गर्नुपर्ने बताएकी हुन् ।

पेट्रोलियम पदार्थको पहिलो विकल्प जल ऊर्जा नै भएको बताउँदै उनले निजी क्षेत्रले बनाउने जलविद्युत संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर लाभ लिन सक्ने प्रणालीको विकास गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्–‘सिङ्गो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनीकरण गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077