Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्यान्डसितको खेलमा दक्षिण अफ्रिका ७० रनले विजयी

एजेन्सी । दक्षिण अफ्रिकाले अन्तिम एकदिवसीय क्रिकेटमा आयरल्यान्डलाई ७० रनले पराजित गरेको छ।

डुब्लीनमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई जितका लागि ३४७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको आयरल्यान्डले ४७ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै २७६ रन बनायो।

आयरल्यान्डका लागि सीमी सिंहले अविजित एक सय रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय पारी खेले । ह्यारी टेक्टरले २९ रन बनाए ।

दक्षिण अफ्रिकाका एडिले र ताब्रेज शाम्सीले तीन तीन विकेट लिए । केशव महाराजले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३४६ रन बनाएको थियो ।

आयरल्यान्डका जोश लिटलले २ विकेट लिए । दक्षिण अफ्रिकाको जितसँगै तीन खेलको सिरीज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

दोस्रो खेलमा आयरल्यान्ड ४३ रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077