Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ह्वीप

    संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको ह्वीप

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

    गत असर २८ गते सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।



    त्यसअघि संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्पीप जारी गरेको हो ।



    गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले आज अपराह्न बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।

    संसदमा नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । सर्वोच्चको आदेशबाट संसद पुनर्स्थापनासँगै साढे तीन वर्षदेखि सत्तामा रहेका केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार