Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा भन्छन्- उपत्यकाको कला संस्कृतिमा ज्यापु समुदायको उल्लेखनीय योगदान छ

    प्रधानमन्त्री देउवा भन्छन्- उपत्यकाको कला संस्कृतिमा ज्यापु समुदायको उल्लेखनीय योगदान छ

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौं उपत्यकाको कला संस्कृतिमा ज्यापु समुदायको उल्लेखनीय योगदान रहेको बताएका छन्।

    बिहीबार १९औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिबीच एक आपसमा मिलेर बसेको सुन्दर देश भएको बताए।



    उनले भने, ‘काठमाडौं उपत्यकाको कला संस्कृतिको हिसाबमा ज्यापु समदायको उल्लेखनीय योगदान छ।’ उनले ज्यापु समुदायको धार्मिक, कला संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको बताए।



    ज्यापु संस्कृति विकास कोषले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रभावशाली नेता प्रकाशमान सिंह, महानगरको उपप्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो ।

    नेवार समुदायको विशेष पर्व योमरी पुन्हीका दिन ज्यापु समुदायबाट ज्यापु दिवस मनाउने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार