Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • दिगो पूर्वाधार लगानी सम्मेलन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

    दिगो पूर्वाधार लगानी सम्मेलन सुरु, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौँ । दिगो पूर्वाधार लगानी सम्मेलन सुरु भएको छ । लगानी बोर्ड नेपालको आयोजनामा आजदेखि काठमाडौँमा सम्मेलन सुरु भएको हो ।

    सम्मेलनको बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।



    दिगो विकास लक्ष्य प्राप्तिका लागि ग्रिड अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने उद्देश्यसहित लगानी सम्मेलन आयोजना गरिएको हो ।



    कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुनेछ ।

    सम्मेलनको टाइटल स्पोन्सरमा सगरमाथा सिमेन्ट र जेसिबी, प्लाटिनम स्पोन्सरमा नेपाल इन्भेष्टमेन्ट बैंक, गोǔड स्पोन्सरमा नेपाल दूरसञ्चार प्राधिकरण र भूमी रहेका छन् । यसैगरी सिल्भर स्पोन्सरमा स्ट्याण्डर्ड चार्टर्ड, आइएमई जनरल इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार