Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सरकार गठनबारे छलफल

    प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सरकार गठनबारे छलफल

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 837
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

    प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा गठबन्धनका २ शीर्ष नेताबीच भेटवार्ता भएको हो।



    २ नेताबीच बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन परिणामको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल भएको नेता ठाकुरनिकट स्रोतले जानकारी दिए।



    प्रतिनिधि सभा सदस्यका लागि लोसपाले मधेस प्रदेशका ७ सिटमा गठबन्धनका दलसँग तालमेल गरेको थियो। जसमध्ये ३ सिटमा लोसपाले जित हासिल गरेको छ।

    यस्तै, मधेस प्रदेश सभामा लोसपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार