Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महन्थ ठाकुरले पनि देउवालाई विश्वासको मत दिने !

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

जसपा ठाकुर पक्षका एक सासंदका अनुसार केहि समय अगाडि मात्र विश्वासको मत दिने निर्णय भएको बताए ।

यसअघि प्रधानमन्त्री देउवाले जसपा अध्यक्ष ठाकुर लाई पत्र लेख्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

यस्तै,  जसपाको उपेन्द्र यादव पक्षले पनि १९ जना सांसदहरुको नामावली तयार पार्दै प्रधानमन्त्री देउवालाई विस्वासको मत हाल्ने निर्णय गरेको छ।

यसअघि अध्यक्ष ठाकुरको समूहले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बिस्वासको मत नदिई तटस्थ बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077