Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौँ । पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको छ ।

जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो ।

भारतका लागि कप्तान शिखर धवन र इशान किसनले अर्धशतकीय पारी खेले । धवनले ८६ र किसनले ५९ रन बनाए । यस्तै पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ रन जोडे ।

श्रीलङ्काका लागि धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए ।

भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077