Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव लक्षित पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारको शब्द चयन - हरामी, बिकाउ, टालाटुली !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको समूहलाई हरामीको संज्ञा दिएका छन्।

एमाले नेता थापाले सामाजिक सञ्जालमार्फत आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा सरकारलाई पार्टीको निर्णय विपरीत विश्वासकाे मत दिएकाे भन्दै हरामी सो समूहलाई हरामीको संज्ञा दिएको बुझिएको छ।

यसअघि पनि पटक पटक आफ्नो व्यक्तिगत विचारका कारण आलोचनामा पर्दै आएका ओलीनिकट थापाले नेपाल पक्षलाई यस्तो भनेको पहिलो पटक भने होइन । कहिले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंगको रिसिबी त कहिले देउवासँगको रिसिबीलाई  सामाजिक संजालमार्फत् प्रस्तुत गर्दै आएका थापाले शब्द चयनलाई भने खासै न्याय दिएको देखिदैन।

उनले सूर्यबाट जित्ने, रुखमा भोट हाल्ने बिकाउ हरामी भन्दै माधव समूहका नेताहरुको नाम लिएका छन् । उनले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भनेका छन् ।

हेरौ त तमासा भन्दै उनले आइतबार मध्यरात देउवा नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गरेको बताएका छन् ।

उनले लेखेका छन्,- '२०७८साउन३काे मध्यरात- श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल ग-याे। काङ्ग्रेस६१, माके४९,जसपा३२,हरामी गुट२२ र राष्ट्रिय जनमेर्चा १=१६५ विपक्षमा एमाले ८३, विरामी १०। फ्लाेरक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ ! हेराैं त तमासा !'

https://twitter.com/ThapajiSurya/status/1416915404228755458

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077