Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापान पठाइदिने भन्दै साँढे ३९ लाख ठग्ने ३ महिलासहित ४ जना महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा तीन महिलासहित ४ जनाको गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकवानपुरकी ३७ बर्षीय शुभद्रा परियार, इलामकी ३३ बर्षिया पूजा राई, भक्तपुरकी २१ बर्षिया दीपिका केसी र सिन्धुपाल्चोकका ३३ बर्षीय राजेन्द्र ढकाल रहेको महाशाखाले जनाएको छ।

महाशाखाका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाद कोइरालाका अनुसार ठगी कार्यमा संलग्न उनीहरुले नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएका थिए।

फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको महाशाखाका एसपी कोइरालाले जानकारी दिए । तर, रकम पाएपछि सम्पर्कबिहीन भएपछि पीडितहरु महाशाखामा उजुरी बोकेर पुगेका थिए ।

यसबारे थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077