Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मुलुककै पुरानो चन्द्रनहर भत्कियो, सप्तकोशीको चारवटा वडा डुबानमा

राजविराज। अबिरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्वर ४ बलार्दह स्थित मुलुककै पुरानो चन्द्रनहरको बाँध भत्किएको छ । सात वटा नदीमा आएको खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहरको बाँध भत्किएको हो ।

सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतमका अनुसार नहरको बाँध दुई ठाउँमा भत्किएको छ । करिब ५० मिटर नहर भत्किएको छ । ‘अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ उनले भने ।

अबिरल वर्षाका कारण बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका ३ सय घर परिवार डुबानमा परेका छन् । मेयर गौतमका अनुसार सप्तकोशी नगरपालिकाका वडा नम्वर १, २, ४ र ११ वडाका घर डुबेका परेका छन् । ती घरमा ३ फिटसम्म पानी जमेको छ ।

सोमबार राति देखि परेको अबिरल वर्षाका कारण जिल्लाका नदि र खोलाहरुको जलस्तर बढि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077