Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसद्वारा महाधिवेशनका लागि 'डिजिटल भोटिङ' प्रविधि सुनिश्चित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा आवश्यक परे ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ ।

आज कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले एक बिज्ञप्ति सार्वजनिक गर्दै डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।

विभागका सचिव दिनेश थापा मगरद्वारा जारी गरिएको विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077