Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाग्लुङमा लागूऔषध ट्रामाडोलसहित २ जना पक्राउ

वाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले २ सय ५० पिस लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वाग्लुङ नगरपालिका-४ बस्ने २१ वर्षीय प्रताप क्षेत्री र २२ वर्षीय रोहन पुन रहेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान प्रहरीले वाग्लुङ नगरपालिका-३ स्थित चिप्लेटी बसपार्कमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा ध.२ प ३४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077