Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टि–२० क्रिकेट श्रृंखला इंग्ल्याण्डलाई

एजेन्सी । पाकिस्तान विरुद्धको टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए । जवाफमा १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077