Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जनताका अगाडि प्रतिगामी तत्वहरु परास्त भएको खुशियालीमा इद मनाउनु : प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगामी तत्वहरु जनताका अगाडि परास्त भएको बताएका छन्।

आज (बुधबार) मुश्लिम धर्मालम्बीहरुको महान पर्व बकर इदको अवसर शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, 'मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएको छु ।'

'वर्षौंदेखि नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक हो । नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको हो । नेपाली समाजको यही विशेषता र एकताको बलमा नेपालमा ठूलाठूला राजनैतिक र सामाजिक परिवर्तनहरु भए ।' शुभकामना सन्देशमा भनिएको छ।

'समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीहरुमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीहरुबाट हमला गर्ने काम भए । समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए । त्यसकारण आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु ।'

यस्तै, अध्यक्ष प्रचण्डले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077