Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कामदार भिसामा अमेरिका पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्नेहरुको गिरोह पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कामदार भिसामा अमेरिका पठाउछु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु जिल्ला घर भइ हाल पोखरा बस्ने २४ बर्षिय बिनोद भुसाल र पोखराका ३१ बर्षीय पुकार गुरुङ र ३० बर्षीय प्रकाश गुरुङ रहेका छन्।

सीआईबीका अनुसार पक्राउ परेकाहरुमध्ये बिनोद भुसालले संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाईदिन्छु भनेर २५ लाख रुपैया ठगी गरेको र उनले अमेरिकन एम्बेसीको नक्कली कागजातहरु बनाएर ठगेका थिए।

यस्तै, भुसालले नै अमेरिकामा रहेकी दिव्या राणासंगको मिलेमतोमा कृषी फर्ममा काम मिलादिन्छु भन्दै ठगेको अनुसन्धानबाट खुलना आएको सीआइबीले जनाएको छ।

यता दुई गुरुङले भुसालकै समन्वयमा विगत दुई वर्ष देखि पटकपटक गरेर चौहत्तर लाख नौ हजार पाच सय विभिन्न बैंक खाताहरुमा जम्मा गर्दै आएका थिए।

प्रक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077