Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्यान्डसँगको टी–२० श्रृङ्खला दक्षिण अफ्रिकाले जित्यो

एजेन्सी । दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खला आफ्नो कब्जामा पारेको छ ।

डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–२० मा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले जितेको हो । दक्षिण अफ्रिकाले दिएको १९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले दुई दुई विकेट लिए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले अविजित रहँदै ३६ रन जोडे । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले एक एक विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077