Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिज विजयी

एजेन्सी । दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई हराएको छ ।

वेस्ट इन्डिजले अस्ट्रेलियालाई ४ विकेटले हराएको हो । जितसँगै तीन खेलको श्रृङ्खलामा दुवैले एक एकको बराबरी गरेका छन् । टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

वेस्ट इन्डिजका निकोलस पुरनले अविजित ५९ रन तथा जोशन होल्डरले ५२ रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए ।

यसअघि वेस अगरको ४१ तथा म्याथ्यु वेड र एडम जाम्पाको समान ३६ रनको मद्दतमा अस्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो ।

वेस्ट इन्डिजका एल्जरी जोसेप र अकिल हुसेनले तीन तीन तथा सेल्ड्रोन कोट्रेलले २ विकेट लिए । बिहीवारका लागि तय भएको दोस्रो एकदिवसीय टस भइसकेको अवस्थामा स्थगित भएको थियो ।

पहिलो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई डीएल पद्धतिका आधारमा १३३ रनले हराएको थियो। आज रातिका लागि तय भएको तेस्रो एकदिवसीय भने अब मङ्गलवार बिहान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077