Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसद पुनर्स्थापनापछि फर्किएको माधव नेपालको खुशी, भन्छन् - मर्नबाट जोगाइएको छ

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुन: स्थापना भएकोमा खुसी प्रकट गर्दै आफूनिकट सांसदहरूलाई बधाई तथा धन्यवाद दिएका छन् ।

आज प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले प्रतिनिधिसभा पुन: स्थापना भएकोमा खुसी साट्दै आफूनिकट सांसदहरूलाई बधाई तथा धन्यवाद दिएका हुन्।

'हामी सबैलाई मर्नबाट जोगाइएको छ । संसद् फेरि पुनर्जीवित भएको छ, नेता नेपालले भने, 'हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ ।'

यस्तै कार्यक्रममा बरिष्ठ नेता नेपालले भने, 'संसद् पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँगाउँ जानुपर्ने अवस्था हुने थियो । त्यसको अन्त्य गरेका छौं ।

सर्वोच्च अदालतले गत असार २८ गते प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्दै पुन:स्थापनाको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077