Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना अपडेट

    थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,७१३ पुग्यो

    थप १८ जनाको मृत्यु, मृतकको संख्या ९,७१३ पुग्यो

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको अबस्थामा आज भने केही घटेको छ ।

    मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप २ हजार ५० जना सङ्क्रमणमुक्त भएका छन् । यसअघि हिजो ३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार ८३४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५३९ र एन्टिजेन विधिबाट६९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८० हजार ५५६ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७१३ पुगेको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार