Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतबाट सवारी साधन चोरेर नेपालमा ल्याई बिक्री गर्ने २ जना पक्राउ

    भारतबाट सवारी साधन चोरेर नेपालमा ल्याई बिक्री गर्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2K
    SHARES

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले भन्सार छली सवारी साधन चोरी तथा बिक्री वितवरण गर्ने दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जिल्ला कन्चनपुर मैरीफाँटा न.पा. ५ घर भइ काठमाडौँ चण्डोल बस्ने ३६ बर्षीय अर्जुन कठायत र ३३ बर्षीय कृष्ण बहादुर रोकाय रहेका छन्।



    महाशाखाको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारतबाट सवारी साधन चोरी गरी ल्याई बिक्री बितरण भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा उपत्यकाका बिभिन्न स्थानबाट ३ थान मोटरसाईकल र १ थान कारसहित उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालय गौचरणमा पठाईएको र सो सम्बन्धमा अनुसन्धान कार्य भईरहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार