Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

ओलीनिकट सांसदसँग माधव नेपाल फायर ! बैठकमै यसरी हप्काए रानालाई

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद नारदमुनि रानालाई हप्काएका छन्।

नेता नेपालले राणलाई प्रतिगमनको मतियार भन्दै बैठकबाट बाहिर निस्किन भनेका हुन्। प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७–७८ मा गरेको कामको समीक्षा हुँदै थियो। तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुसी साटे। समितिका सदस्य नेपालले पनि संसद जोगिएको भन्दै बधाइ दिएका थिए।

तर एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भन्दै आक्षेप लगाए। बैठक चलिरहेका आएका कैलालीका सांसद तथा पूर्वमन्त्री नारदमुनि रानाले यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरे।

आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा सुतेर बसेर आफ्नै सरकार ढाल्ने भन्दै माधवकुमार नेपालमाथि खनिए। उनले अहिले पार्टी विवादको मुख्य दोषी माधव नेपाल रहेको भन्दै यसको जिम्मा उनैले लिनुपर्ने बताए।

आफूमाथि निरन्तर खनिएपछि नेता नेपालले प्रतिप्रश्न गरे, ‘प्रतिगमनको मतियार बन्ने !’ तर सांसद रानाले प्रसंग उठेका कारण भनेको हुँ भन्ने अड्डी कसेपछि नेता नेपाल आक्रोशित भए उनले रानातिर चोर औला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन। अहिले राजीनामा दिनुस्, गइहाल्नुस्।’

उनीहरुबीच केहीबेर भनाभन भयो, त्यसपछि अन्य सांसदहरु पनि राणाविरुद्ध खनिएका थिए। कतिपय सांसदले राणालाई बैठकमा समावेश नै गर्न नहुने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077