Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो टी–२० क्रिकेटमा भारत विजयी

एजेन्सी । घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–२० क्रिकेटमा भारत विजयी भएको छ ।

कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो । भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा सवै विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।

श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६, धनुष शनकाले १६ तथा मिनोद भानुकाले १० रन जोडे ।

घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहरले दुई विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, युभेन्द्र चहल, वरुण चक्रवर्ती र क्रुनल पाण्डेयले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, इशान किसनले २० र हार्दिक पाण्डेयले १० रन बनाए ।

श्रीलङ्काका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुईरदुई विकेट लिए । यस्तै, चमिका करुनारत्नेले एक विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एकदिवसीय भारतले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077