Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • कोरोना भाइरस

    ह्वात्तै बढ्यो संक्रमितको संख्या, ३,४२१ जना थपिंदा १,६८६ जना डिस्चार्ज

    ह्वात्तै बढ्यो संक्रमितको संख्या, ३,४२१ जना थपिंदा १,६८६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोना संक्रमित हुनेको संख्या दिनदिनै उकालो लागिरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा थप १ हजार ६८६ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा १७ हजार २७२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २,३९१ र एन्टिजेन विधिबाट १०३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ८२ हजार ९४७ जना र एन्टिजेन विधिबाट ५५ हजार ९७१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।  नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ ।



    त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७३८ पुगेको छ । नेपालमा यस रोगबाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

    हालसम्म देशभर ३५ लाख ५१ हजार ३२३  नमुनाको पीसीआर परीक्षण भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार