Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता, को-को बन्दैछन् माओवादीबाट मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए ।
देउवानिकट स्रोतका अनुसार प्रचण्ड र देउवाबीचकाे भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको छ ।

गत असार २९ गते काँग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाएपनि त्यसपछि मन्त्री थप्न सकेका छैनन् । तर, दुई दिनअघि देउवाले कांग्रेसकै सांसद उमेश श्रेष्ठलाईस्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

आजको भेटमा अध्यक्ष प्रचण्डले माओवादीबाट मन्त्री बन्न सक्नेहरुको नाम लिस्ट प्रधानमन्त्री देउवालाई बुझाउन सक्ने स्रोतको दाबी छ। यद्यपि नाम भने सार्वजनिक भएको छैन.

यसैबीच, सत्ता साझेदारमा महत्वपूर्ण भूमीका खेलेको जसपा पनि सरकारमा जाने तयारी गरिरहेको छ। सोमबार निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएसँगै जसपमा पनि सरकारमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077