Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पेरिसडाँडामा माओवादीको बैठक, मन्त्रीको नाम सिफारिस गरिँदै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार सरकारमा सहभागी हुने मन्त्रीका विषयमा स्थायी समिति बैठकमा छलफल भएको छ । सरकारमा जाने मन्त्रीको विषयमा मापदण्ड बनाएर स्थायी समितिले पारित गर्ने भएको छ ।

माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवा सरकारमा ७ मन्त्रालयको भागवण्डा पाउने बताइएको छ। यसअघि अर्थ मन्त्रीमा जनार्दन शर्मा र उर्जा मन्त्रीमा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन् ।

अब माओवादीबाट ५ जना मन्त्री हुने भएका छन्। यसै बिषयमा छलफल गर्न आज बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवालाई भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077