Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • मोरङमा आपराधिक गिरोहका ६ जना एसएमजीसहित पक्राउ, लुटपाटको योजनालाई बिफल बनाए एसपी जिसीले

    मोरङमा आपराधिक गिरोहका ६ जना एसएमजीसहित पक्राउ, लुटपाटको योजनालाई बिफल बनाए एसपी जिसीले

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.1K
    SHARES

    मोरङ। जिल्ला प्रहरी कार्यालय मोरङले शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोज्ने गिरोहका ६ जनालाई एसएमजीसहित  पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी टोलीले  उनीहरुको साथबाट एसएमजी, त्यसमा लाग्ने म्याग्जिन-६२ राउण्ड गोली, कटुवा पेस्तोल, थ्री नट थ्री राइफलमा प्रयोग हुने ३ राउण्ड गोली , अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने म्याग्जिन र २ राउण्ड गोली समेत बरामद गरेको छ ।



    हतियार देखाइ लुटपाट गर्न खोज्ने गिरोहका ६ जनामध्धे संखुवासभाको सभापोखरी गाउँपालिका ४ घर भइ हाल इटहरी उपमहानगरपालिका २० तरहरा बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका १ बस्ने ४५ वर्षीय डायमण्ड भन्ने प्रमोद चौधरी, संखुवासभाको सभापोखरी ६ बाह्रबीसे घर भइ इटहरी २० तरहरमा डेरा गरी बस्दै आएका ३० वर्षीय चिरञ्जिवी राई, सुन्दरहरैंचा-५ का २२ वर्षीय मिसन राई, भोजपुरको पौवादुम्बा गाउँपालिका-३ घर भइ इटहरी २० तरहरामा डेरा गरी बस्दै आएका ३० वर्षीय नगेन्द्र राई र सुन्दरहरैंचा-७ का ३१ वर्षीय सन्तोष राई रहेका छन् ।



    एसपी  जिसीले पत्रकार सम्मेलनमा उनीहरुले प्रयोग गरेको प्रदेश १–०२–०४४प ५९९५, को २० प १८६, को ८ प ६५८३, को २१ प ६७०३ नम्बरको मोटरसाइकल, को २ ह २७३६ नम्बरको अटो रिक्सा, ६ थान मोबाइल, एमआरपी लेखिएको सञ्चार सेट दुई थान र १६ हजार ५ सय नगद पनि बरामद गरिएको जनाए ।

    मास्क लगाएर आएको हतियारधारी समूहले खगेन्द्र थापाले घरमै सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको असफल प्रयास गरेको थियो। त्यसपछि एसपी जिसीले समयमै सावधानी अपनाएर बिशेष टोलीमार्फत अभियुक्तहरुलाई पक्राउ गरेका कारण आपराधिक गिरोह कुनै पनि घटना घटाउन असफल भएको छ।

    एसपी जिसीले घटनाको अनुसन्धान र अभियुक्तलाई जालमा पार्न डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए।
    घटनाको १२ औँ दिनपछि उक्त गिरोहलाई पक्राउ गर्न मोरङ प्रहरी सफल भएको हो।  लुटपाट प्रयाको दृष्य पसलमा राखेको सिसी क्यामेरा फुटेजमा पनि कैद भएको थियो।

    सिसी क्यामेरा फुटेजसहित घटनाको अनुसन्धान थालेको प्रहरी हतियारधारी गिरोहसम्म पुग्न सफल भएको छ।

    पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी सुरक्षाकर्मीको विशेष टोलीसँग मात्रै हुने भए पनि गिरोहले अत्याधुनिक हतियार कहाँबाट ल्यायो भन्ने बारेमा अनुसन्धान थालिएको एसपी जिसीले वताए।

    पक्राउ परेका अभियुक्तहरूलाई  मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग, डाका उद्योग र हातहतियार तथा खरखजना मुद्दामा  ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको पनि एसपी जिसीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार