Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

    इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.2K
    SHARES

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।



    यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए ।



    अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार