Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इजाजत प्राप्‍त हतियार नै चोरी भएपछि…

    इजाजत प्राप्‍त हतियार नै चोरी भएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २२ मंसिर २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंमा इजाजत प्राप्‍त हतियार नै चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीले तीन जनालाई हतियार चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सुनसरी घर काठमाडौं महानगरपालिका १४ डेरा गरी बस्ने ३६ वर्षीय दिलिप माझी, काठमाडौं ताहाचल बस्ने २१ वर्षीय कुशल मल्लिक र काभ्रे घर भई ललितपुरको इमाडोल बस्ने २७ वर्षीया काजलकुमारी भुजेल रहेका छन् ।



    उनीहरूले मंसिर १६ गते ताहाचल बस्ने ७४ वर्षीया पुष्पा जोशीको घरबाट हतियारहरू चोरी गरेको आरोप छ ।



    इजाजत पत्रसहित दुई नाले ४१० बोरको बन्दुक एउटा, २२ बोरको राइफल एउटा गरी दुई वटा बन्दुक डाँका-चोरी भएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार