Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचनका लागि ‘बालगिरि’मा हतियार दिन सेनालाई प्रहरीको पत्राचार

    निर्वाचनका लागि ‘बालगिरि’मा हतियार दिन सेनालाई प्रहरीको पत्राचार

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 867
    SHARES

    काठमाडौं । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ ।

    निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।



    निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ ।



    २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रहरीले ७ सय भन्दा बढी पेस्तोल सेनासँग ‘बालगिरी’मा लिएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रहरीले २८ सय थान पेस्तोल उपलब्ध गराउन सेनालाई पत्राचार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार