Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुई म्यादीसहित ६ जना प्रहरी घाइते

    नक्कली नोट कारोबारी पक्राउ गर्दा स्थानीय र प्रहरीबीच झडप, २ राउण्ड हवाई फायर

    नक्कली नोट कारोबारी पक्राउ गर्दा स्थानीय र प्रहरीबीच झडप, २ राउण्ड हवाई फायर

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 1.2K
    SHARES

    रौतहट । प्रहरीले रौतहटमा जाली नोट र अवैध हतियारसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको मौलापुर नगरपालिका वडा नं. ८ बाट इलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रूपमा खटिएको टोलीले विशेष सूचनाका आधारमा एक थान नलकटुवा पेस्तोलसहित नोटको कारोबार गर्ने ६ जनालाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय मौलापुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाली नोटको कारोबार गर्नेहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ बस्ने २५ वर्षका सोनु भन्ने आनन्द कुश्वाहा, सोही स्थानका ४५ बर्सिया प्रतिमा देवी कुश्वाहा, २२ बर्सिया अमृता कुमारी र १९ वर्षीय बृज किशोर मुखिया रहेका छन् ।



    यस्तै रौतहट मौलापुर नपा वडा नं.७ बस्ने वर्ष २३ को राजाराम साह, देवानी गोनाही नगरपालिका वडा नं.६ बस्ने धिरज प्रसाद रुजैसवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    बिहीबार साँझ प्रहरीले मौलापुर ७ बस्ने राजाराम साहको घर खानतलासी गर्दा राजाराम साहको घरमा लुकाई राखेको कटुवा पेस्तोल एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले हतियार, मोटरसाईकल र नेपाली नक्कली नोट १ हजार दरको ८७ थान समेत बरामद गरेको छ ।

    यस्तै जाली नोट र अवैध हतियार बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । जाली नोटसहित एक थान पेस्तोल बरामद गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि २ राउण्ड हवाई फायर गर्नु परेको रौतहट प्रहरीले जनाएको छ ।

    प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका थिए । उक्त घटनामा दुईजना म्यादी प्रहरीसहित ६ जना प्रहरी घाइते भएका छन् । रौतहट जिल्ला अदालतबाट म्याद थप लिई उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार