Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हतियार देखाएर नगरपालिकाका कर्मचारीलाई धम्की दिने तीनजना पक्राउ

    हतियार देखाएर नगरपालिकाका कर्मचारीलाई धम्की दिने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २३ असार २०७९
  • 873
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा कर्मचारीलाई घरेलु हतियारसहित धम्क्याउने तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको घोडाघोडी नगरपालिकाका कर्मचारीलाई हतियारसहित धम्क्याउने वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई पक्राउ परेका हुन् ।



    उनीहरु बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरी भुक्तानीका लागि कर्मचारी धम्कयाएका थिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनीहरु साडेपानीमा रहेको रिफ्रेस रेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार